बर्दियामा बाढीका कारण ९६० घर प्रभावित

बर्दियामा बाढीका कारण ९६० घर प्रभावित
फाइल फोटो

बर्दिया। बर्दियाको राजापुर नगरपालिका र गेरुवा गाउँपालिका क्षेत्रमा बाढी पसेको छ। बाढीका कारण ९६० घर डुबानमा परेका छन्। राजापुरको भदाली नालाबाट पसेको पानीले दौलतपुर, चनौरा, सोनपुर, मुर्गहवा क्षेत्र डुबानमा परेको छ।

गेरुवाको बनकट्टीबाट पसेको पानीले सनकट्टी, रानीपुर क्षेत्र डुबानमा परेको जिल्ला प्रशासन कार्यालय बर्दियाका प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारले बताए। कर्णाली नदीको पानीले खतराको तह पार गरेको छ। नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाले स्थानीयको उद्धार गरेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved