श्रीलंकासँग हारेपछि अफगानिस्तान विश्वकप क्रिकेटबाट बाहिरियो

यो जितपछि श्रीलंकाको ४ खेलबाट चार अंक नै भएको छ । उ समूह एकको तालिकामा तेस्रो स्थानमा छ । ३ खेलबाट ५ अंकसहित न्युजिल्याण्ड शीर्ष स्थानमा रहँदा ४ खेलबाट पाँच अंक नै जोडेको अष्ट्रेलिया दोस्रो स्थानमा छ । 

नेपालभ्युज

श्रीलंकासँग हारेपछि अफगानिस्तान विश्वकप क्रिकेटबाट बाहिरियो

काठमाडौं । श्रीलंकासँग पराजित भएपछि अफगानिस्तान टि-२० विश्वकप क्रिकेटबाट बाहिरिएको छ । २ अंक थपेको श्रीलंकाको सेमिफाइनल पुग्ने आशा भने बाँकी छ ।

आज मंगलबारको पहिलो खेलमा श्रीलंकाले अफगानिस्तानलाई ६ विकेटले हरायो । श्रीलंकाले १४५ रनको लक्ष्य ९ बल अगावै ४ विकेट गुमाएर पार गरेको थियो । उसका लागि धनन्जय डी सिल्भाले अविजित ६६ रनको योगदान गरे । उनले ४२ बलमा ६ चौका र २ छक्का प्रहार गरेका थिए ।  कुशल मेन्डिसले २५ रनको योगदान गरे । मुजिव उर रहमान र रासिद खानले २-२ विकेट लिए ।

पहिले ब्याटिङ गरेको अफगानिस्तानले पुरै ओभर खेलेर ८ विकेट गुमाउँदै १४४ रन बनाएको थियो । ओपनर रहमानहल्ला गुर्बाजले २८ र उस्मान घानीले २७ रन बनाए । श्रीलंकाका लागि हसरंगा डि सिल्भाले ३ तथा लाहिरु कुमाराले २ विकेट लिए ।

यो जितपछि श्रीलंकाको ४ खेलबाट चार अंक नै भएको छ । उ समूह एकको तालिकामा तेस्रो स्थानमा छ । ३ खेलबाट ५ अंकसहित न्युजिल्याण्ड शीर्ष स्थानमा रहँदा ४ खेलबाट पाँच अंक नै जोडेको अष्ट्रेलिया दोस्रो स्थानमा छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved