काठमाडौं। क्रिकेटर सन्दीप लामिछानेविरुद्ध १२ वर्ष कैद सजाय माग गर्दै काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ। जिल्ला सरकारी वकिलको कार्यालयले मुद्दा दर्ता गरेसँग सन्दीपलाई अदालत लगिँदैछ।
बलात्कार मुद्दामा २० दिनयता हिरासतमा रहेका उनीविरुद्ध १२ वर्ष कैद माग गरिएको सरकारी वकिल कार्यालयका प्रमुख अच्युतमणि न्यौपानेले मुद्दा दर्ता भएको जानकारी दिए। थुनछेक बहस आजै सुरु हुने र नसकिए भोलि पनि बहस हुने उनले बताए।
घटना भदौ ५मा भएको भनिए पनि सन्दीपविरुद्ध प्रहरीमा भदौ २१ गते जाहेरी परेको हो।
सन्दीपले भने आफूले नाबालिगकालाई बलात्कार नगरेको दाबी गर्दै आएका छन्। उनीविरुद्ध तीन पटकसम्म म्याद थप गरी प्रहरीले अनुसन्धान गरेको थियो। एक नाबालिगाले काठमाडौंको गौशालाको एक होटलमा राखेर सन्दीपले आफूलाई बलात्कार गरेको भन्दै प्रहरीमा उजुरी दिएकी थिइन्। उजुरी पर्दा सन्दीप क्यारेबियन लिग खेल्ने सिलसिलामा नेपाल बाहिर थिए।
थुनछेक बहसपछि सन्दीप लामिछाने जेल जालान् कि धरौटीमा छुट्लान् ?
Facebook Comment
Comment