विष्फोटमा गम्भीर घाइते भएकी बालिकाको सुर्खेतमा मृत्यु, ३ जनाको उपचार हुँदै

कालिकोटमा बम पड्किँदा मृत्यु हुनेको संख्या २ पुग्यो

स्थानीय कोदोबारीमा बिष्फोटक पदार्थ पड्किँदा स्थानीय ४ वर्षकी झरना थापाको घटनास्थलमै मृत्यु भएको थियो । तिलागुफा नगरपालिका १० कै ४ वर्षकी सरस्वती रानाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी सुरज कार्कीले जानकारी दिए ।

विष्फोटमा गम्भीर घाइते भएकी बालिकाको सुर्खेतमा मृत्यु, ३ जनाको उपचार हुँदै

सुर्खेत । कालीकोटको तिलागुफा नगरपालिका-१० रानावाडामा भएको बम विस्फोटमा २ जना बालिकाको मृत्यु भएको छ । एक बालिकाको घटनास्थलमै र अर्की बालिकाको उपचारका क्रममा सुर्खेतमा मृत्यु भएको हो ।

विष्फोटमा ३ जना गम्भीर घाइते भएका छन् । स्थानीय कोदोबारीमा बिष्फोटक पदार्थ पड्किँदा स्थानीय ४ वर्षकी झरना थापाको घटनास्थलमै मृत्यु भएको थियो । तिलागुफा नगरपालिका १० कै ४ वर्षकी सरस्वती रानाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी सुरज कार्कीले जानकारी दिए ।

तिलागुफा नगरपालिका-१०  रानावाडका ७ वर्षका कमल थापा, ५ वर्षिया मुस्कान थापा र ४ वर्षिया दर्शना राना गम्भीर घाइते भएका छन् । उनीहरुको सुर्खेतमा उपचार भइरहेको छ । हेलिकप्टरबाट चारजना घाइतेलाई नै सुर्खेत ल्याइएको थियो । ति मध्ये एकजनाको उपचारका क्रममा मृत्यु भएको हो ।

बारीमा बम कसले राख्यो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

कालिकोटमा बम पड्किँदा एक बालिकाको मृत्यु, चार बालबालिका गम्भीर घाइते


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved