महोत्तरीको भंगहामा कर्फ्यू कायमै, सर्वपक्षीय छलफल हुँदै

महोत्तरीका प्रमुख जिल्ला अधिकारी दीपककुमार पहाडीले स्थितिलाई सामान्य बनाउन दुवै समुदायका अगुवा र स्थानीय जनप्रतिनिधिसँग संवाद भइरहेको बताए ।

महोत्तरीको भंगहामा कर्फ्यू कायमै, सर्वपक्षीय छलफल हुँदै

जनकपुरधाम । धनुषाको भंगहामा आज शुक्रबार पनि कर्फ्यू कायमै छ । बिहीबारदेखि लगाइएको कर्फ्यु तनाव बढ्ने आशंकामा शुक्रबार पनि हटाइएको छैन ।

भंगाहा नगरपालिका वडा नम्बर ८ पररियामा दुई समुदायबीच भएको झडप नियन्त्रणमा लिन प्रहरीले चलाएको गोली लागेर केही घाइते भएका छन् ।

हातमा गोली लागेका भंगहा नगरपालिका ८ पररियाका २१ वर्षीय मो. इम्तियाज राइनलाई उपचारका लागि धरान लगिएको छ । झडपमा डिएसपीसहित ३ कैंयौ प्रहरी र अन्य ३ दर्जन जति मानिस घाइते भएका छन् ।

भंगहा ८ पररियाका ३५ वर्षीय जिवछ नदाफ पनि प्रहरीले चलाएको गोली लागि घाइते भएका छन् । उनको दाहिने खुट्टामा गोली लागेको छ।

हिन्दू सम्राट सेनाले शोभायात्रा निकालेको बेला दुई समुदायबीच झडप भएको प्रहरीले जनाएको छ । महोत्तरीका प्रहरी प्रमुख एसपी कृष्णप्रसाद पंगेनीले शोभा यात्रा पररियाको मुख्य चोक स्थित गोलम्बरमा पुगेपछि झडप सुरु भएको थियो ।

पररियामा शान्तिसुरक्षा वहालीका लागि दुवै समुदायसँग छुट्टाछुट्टै छलफल गरिरहेको एसपी पंगेनीले बताए । महोत्तरीका प्रमुख जिल्ला अधिकारी दीपककुमार पहाडीले स्थितिलाई सामान्य बनाउन दुवै समुदायका अगुवा र स्थानीय जनप्रतिनिधिसँग संवाद भइरहेको बताए ।

अहिले प्रशासनको सक्रियतामा सर्वपक्षीय र सर्वदलीय बैठक बोलाइएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved