म्यादी प्रहरीले चलाएको मोटरसाइकलको ठक्करबाट घाइते महिलाको मृत्यु

पर्सामा सवारी दुर्घटनामा घाइते भएकी एक महिलाको मृत्यु भएको छ। बिन्दबासिनी गाउँपालिका वडा नं.२ बस्ने ६० वर्षीय सरस्वती देवी कुर्मीको मृत्यु भएको हो।

नेपालभ्युज

काठमाडौं। पर्सामा सवारी दुर्घटनामा घाइते भएकी एक महिलाको मृत्यु भएको छ। बिन्दबासिनी गाउँपालिका वडा नं.२ बस्ने ६० वर्षीय सरस्वती देवी कुर्मीको मृत्यु भएको हो।

असोज ५ गते बिहान ०७ः१७ बजे पर्सा सखुवाप्रसौनी गा.पा. वडा नं. ५ बस्ने ३५ वर्षीय ललन प्रसाद यादवले चलाएको ना.१३प३५४४ नं. को मोटरसाइकलले ठक्करबाट कुर्मी गम्भीर घाइते भएकी थिइन्।

उपचारको क्रममा उनको सोमबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साको प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved