काठमाडौं । टी-ट्वान्टी विश्वकप क्रिकेटमा बंगलादेशले नेदरल्याण्ड्सलाई हराएको छ । अष्ट्रेलियामा जारी विश्वकप अन्तररगत सोमबारको पहिलो खेलमा बंगलादेशले नेदरल्याण्ड्सलाई ९ रनले हराएको हो ।
१ सय ४५ रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्स अन्तिम बलमा अलआउट भयो र जम्मा १ सय ३५ रन मात्रै बनाउन सफल भयो ।
नेदरल्यान्ड्सका लागि कोलिन एक्रिनमानले ४८ बलमा ६२ रन बनाए पनि टिमलाई जित दिलाउन सकेनन् । टस्किन अहमदले ४ ओभरमा २५ रन दिएर ४ विकेट लिए । यस्तै हसन महुम्मदले २ तथा साकिब अल हसन र सौम्य सरकारले १/१ विकेट लिए ।
पहिले ब्याटिङ गरेको बंगलादेशले ८ विकेट गुमाएर १ सय ४४ रन बनाएको थियो । बंगलादेशका लागि आफिफ होसेनले ३८, नजमुल होसेन शान्तोले २५ तथा मोसाडिक होसेनले अविजित २० रन बनाएका थिए ।
नेदरल्यान्ड्सका लागि बास डि लिडि र पल भान मिक्रनले २/२ विकेट लिएका थिए । सुपर १२ मा बंगलादेशको यो पहिलो जित हो ।
Facebook Comment
Comment