कलाकार रामचन्द्र अधिकारी भोलि अस्पतालबाट डिस्चार्ज हुने

संघका सदस्य गोपाल ढकालले भने ‘‘उहाँको स्वास्थ्य सुधारोन्मुख छ र शनिबार डिस्चार्ज गर्ने जानकारी चिकित्सकले दिएका छन्।’’

नेपालभ्युज

कलाकार रामचन्द्र अधिकारी भोलि अस्पतालबाट डिस्चार्ज हुने

काठमाडौं। दुई सातादेखि अस्पतालमा उपचाररत अभिनेता रामचन्द्र अधिकारीलाई शनिबार डिस्चार्ज गरिने भएको छ। नेपाल चलचित्र कलाकार संघले यसबारे जानकारी दिएको हो।

संघका सदस्य गोपाल ढकालले भने ‘‘उहाँको स्वास्थ्य सुधारोन्मुख छ र शनिबार डिस्चार्ज गर्ने जानकारी चिकित्सकले दिएका छन्।’’

निमोनिया भएपछि उनी चाबहिलस्थित मेडिकेयर अस्पतालमा उपचाररत छन्। उपचाररत अभिनेता अधिकारीको निधन भएको भन्दै सामाजिक सञ्जालमा हल्ला फैलिएपछि कलाकार संघ र स्वयं अधिकारीले यसप्रति खेद जनाएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved