डब्ल्यूएचओ प्रमुखले करोडौं दुरुपयोग गरेको आरोप

नेपालभ्युज

डब्ल्यूएचओ प्रमुखले करोडौं दुरुपयोग गरेको आरोप

काठमाडौं। संयुक्त राष्ट्रसंघीय निकाय विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) सिरियास्थित कार्यालयका प्रमुखलाई लाखौं डलर दुरुपयोग गरेको आरोप लागेको छ ।

कोभिड–१९ को महामारीबाट देश आक्रान्त भएका बेला कार्यालयका कर्मचारीले कार्यालय प्रमुख डा.अक्जेमल म्याग्टिमोवाले सरकारी अधिकारीहरूलाई कम्प्युटर, सुनका सिक्का र कारसमेत उपहार दिएर डब्ल्यूएचओ कोषको दुरुपयोग गरेको आरोप लगाएका हुन् ।

एसोसिएटेड प्रेस (एपी) ले प्राप्त गरेको १०० भन्दा बढी गोप्य कागजात, सन्देश र अन्य सामग्रीमा डब्ल्यूएचओका सिरिया प्रमुखले सिरियाली सरकारका उच्च पदस्थ राजनीतिज्ञहरूसँग सम्झौता गर्न कर्मचारीहरूलाई दबाब दिएकी तथा लगातर गलत ढङ्गले कोष र दाताहरूले दिएको रकम दुरूपयोग गरेको बयान दिएका भेटिएको छ । कर्मचारीहरूले अनुसन्धानकर्ताहरूलाई उनले भ्रष्टाचार गरेको बयान दिएका दस्तावेज एपीले हात पारेको हो ।

म्याग्टिमोभाले उनीमाथि लागेका आरोपबारे जवाफ दिन अस्वीकार गरेकी छन् । आफ्नो पदीय मर्यादाको ख्याल गर्दै उनले जानकारी दिन अस्वीकार गरेकी बताइएको छ । यद्यपि उनले ती आरोपलाई अपमानजनक भनेकी छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved