काठमाडौं। र्यापर भिटेन सामाजिक सञ्जालबाट एकाएक हराएका छन् । उनले आफ्नो आधिकारिक युट्युब च्यानल भिटेन म्युजिकबाट गीतहरू पनि हटाए ।भर्खरै रिलिज भएको ‘आफ्नै बाटो’ बोलको गीत बाहेक भिटेनले सबै गीत हटाएका थिए । तर, बुधबार आफूले हटाएका सबै गीत उनले युट्युबमा पुन: राखेका छन् ।
सामाजिक सञ्जालमा भिटेनका फ्यानले मानसिक स्वास्थ्यको ख्याल गर्न पनि सुझाएका छन् । यस्तोमा, फ्यानलाई चिन्ता थप्ने गरी भिटेनले अर्को काम गरेका छन् ।
मंगलबार रातिदेखि भिटेनले यी सबै गीत गायब बनाएका हुन् । यति मात्र होइन, इन्स्टाग्रामबाट पनि भिटेनले दुईवटा बाहेक सबै तस्वीर डिलेट गरेका छन् । उनको फेसबुक पेज पनि निष्क्रिय छ ।
उनले किन यस्तो गरे भन्ने कुरालाई लिएर सामाजिक सञ्जालमा चर्चा चलिरहेको छ ।
भिटेन गत साता जापानमा रहँदा पनि स्टेजमै बोतल फुटाएका थिए ।

Facebook Comment
Comment