‘नाईं नभन्नू ल-६’ बाट डेब्यु गर्दै निखिल-सञ्चिताका छोरा अथर्व

नेपालभ्युज

‘नाईं नभन्नू ल-६’ बाट डेब्यु गर्दै निखिल-सञ्चिताका छोरा अथर्व

काठमाडौं। नेपाली फिल्म क्षेत्रमा थुप्रै सेलिब्रेटीका सन्तानको पनि प्रवेश भएको छ । यस्तैमा अभिनेता निखिल उप्रेती र अभिनेत्री सञ्चिता लुइँटेलको छोरा अथर्व उप्रेती पनि फिल्ममा डेब्यु गर्ने भएका छन् ।

बिहीबारबाट छायांकन सुरु हुन लागेको फिल्म ‘नाईं नभन्नू ल ६’ मा उनले बाल कलाकारको रूपमा अभिनय प्रवेश गर्न लागेका हुन् । फिल्ममा उनले नव–अभिनेता आर्शिवाद क्षेत्रीको बाल्यकालको भूमिका निर्वाह गर्ने बताइन्छ ।

विकासराज आचार्यको निर्देशन रहने फिल्म ‘नाईं नभन्नू ल’ को छैठौं श्रृखंला हो । ‘नाईं नभन्नू ल’ को दोस्रो श्रृखंलादेखि अनुभव रेग्मी बाल कलाकारको रूपमा देखिँदै आएका थिए । तर, अहिले उनी बाल कलाकारको रूपमा नसुहाउने भएपछि नयाँ कलाकार खोज्ने क्रममा निखिल र सञ्चिताको छोरा लिएको निर्देशक आचार्यले बताए ।

फिल्ममा आँचल शर्माको पनि मुख्य भूमिका रहनेछ । कात्र्तिक महिनामा सम्पूर्ण छायांकन सक्ने लक्ष्य रहेको फिल्म नयाँ वर्षमा रिलिज हुनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved