दुई महिनाभित्र भारतमै एके-२०३ राइफल उत्पादन हुने

नेपालभ्युज

दुई महिनाभित्र भारतमै एके-२०३ राइफल उत्पादन हुने

नयाँ दिल्ली। यसै वर्ष अर्थात सन् २०२२ को अन्तिमसम्म भारतमै अत्याधुनिक राइफल उत्पादन सुरु हुने भएको छ । भारत र रुसको संयुक्त कम्पनीले उत्तर प्रदेशमा निर्माण गरिरहेको कारखानाले अबको दुई महिनाभित्र उत्पादन थाल्ने अधिकारीले दाबी गरेका छन् ।

सुरुमा कारखानाबाट एके-२०३ असाल्ट राइफलको उत्पादन हुनेछ । उत्तर प्रदेशको अमेठी जिल्लाको कोरवा आयुध कारखानामा रुसी कलाश्निकोभ असल्ट राइफलहरू निर्माणको काम भइरहेको छ ।

“कोर्भा आयुध कारखाना २०२२ को अन्त्यसम्ममा कलाश्निकोभ एके-२०३ असल्ट राइफल उत्पादन सुरु गर्न तयार छ,” रोसोबोरोन एक्सपोर्टका महानिर्देशक अलेक्जेन्डर मिखेभले भने।

यी राइफलहरु अत्याधुनिक हुने कम्पनीको दाबी छ । “हाम्रो योजनाहरूमा भारतमा प्रसिद्ध रूसी राइफल उत्पादनको शतप्रतिशत ग्यारेन्टी छ, थप उन्नत राइफलहरू निर्माण गर्न कम्पनीलाई आधुनिकीकरण गर्न पनि सकिन्छ,” मिखेलले भनेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved