काठमाडौं । प्रहरी महानिरीक्षक धिरज प्रताप सिंह भारत प्रस्थान गरेका छन् । भारतको नयाँ दिल्लीमा कात्तिक १ देखी ४ गतेसम्म संचालन हुने इन्टरपोलको ९० औं महासभामा भाग लिन आईजीपी सिंह सोमबार भारत प्रस्थान गरेका हुन् ।
सिंहसँगै डिआईजी उमेश राज जोशी, प्रहरी उपरीक्षक अनुपम शमशेर जवरा, इन्स्पेक्टर यम कुमार श्रेष्ठ र सशस्त्र प्रहरी बलको तर्फबाट समेत ५ सदस्यीय टोली भारततर्फ प्रस्थान गरेका छन् ।
आईजीपी सिंहलाई प्रहरी अतिरिक्त महानिरीक्षक सहकुल बहादुर थापा, उत्तमराज सुवेदी, दिवेश लोहनी र रबिन्द्र बहादुर धानुकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिदाई गरे ।
महासभामा १ सय ९५ इन्टरपोल सदस्य राष्ट्रका प्रहरी प्रमुख तथा प्रतिनिधि सहभागी हुनेछन् । महासभामा अन्तर्राष्ट्रिय प्रहरी समन्वय, प्रतिआतङ्कवाद, आर्थिक अपराध, संगठित अपराध जस्ता विषयहरुमाथि छलफल हुनेछ ।
Facebook Comment
Comment