धनुषामा हतियारसहित एक युवक पक्राउ

धनुषामा हतियारसहित एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा सिराहाको गोलबजार नगरपालिका–७ चोहर्वा बस्ने ३५ वर्षीय रामसागर ठाकुर रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। उनको साथबाट कटुवा पेस्तोल बरामद गरिएको हो।

नेपालभ्युज

जनकपुरधाम। धनुषामा हतियारसहित एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा सिराहाको गोलबजार नगरपालिका–७ चोहर्वा बस्ने ३५ वर्षीय रामसागर ठाकुर रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। उनको साथबाट कटुवा पेस्तोल बरामद गरिएको हो।

ठाकुरलाई धनुषाको सबैला नगरपालिका–१२ नहर चोकस्थित मैनाथपुर वीरेन्द्रबजार सडकबाट प्रहरीले पक्राउ गरिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रदीपबहादुर क्षेत्रीको अनुसार इलाका प्रहरी कार्यालय सबैलाबाट खटेको प्रहरी टोलीले प्रदेश–२–०१–००२ प ३७२० नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा मोटरसाइकलमा सवार ठाकुरको साथबाट उक्त पेस्तोल भेटिएको थियो।

प्रहरी टोलीलाई देख्नासाथ हातमा बोकेको झोलासहित भाग्न खोजेपश्चात् उनलाई नियन्त्रणमा लिई तलासी गर्दा झोलाभित्र उक्त पेस्तोल फेला परेको प्रहरी नायब उपरीक्षक क्षेत्रीले जानकारी दिए। फरार भएका मोटरसाइकल चालकको खोजी भइरहेको धनुषा प्रहरीले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved