इरानको चर्चित इभिन जेलमा आगलागि र गोलाबारी

राजनीतिक कैदीहरू, पत्रकारहरू र विदेशी नागरिकहरूलाई बस्नका लागि परिचित जेलमा भीषण आगलागि भएको र बम गोलीको आवाज पनि सुनिएको बीबीसीले जनाएको छ ।

नेपालभ्युज

इरानको चर्चित इभिन जेलमा आगलागि र गोलाबारी

तेहरान। इरानको सबैभन्दा सुरक्षित र चर्चित मानिएको इभिन जेलमा ठूलो आगलागी भएको छ । राजनीतिक कैदीहरू, पत्रकारहरू र विदेशी नागरिकहरूलाई बस्नका लागि परिचित जेलमा भीषण आगलागि भएको र बम गोलीको आवाज पनि सुनिएको बीबीसीले जनाएको छ ।

राजधानी तेहरानको एक छेउँमा रहेको जेलमा लागेको आगो र बम गोलीका आवाजले पुरै राजधानीलाई आतंकित बनाएको खबरमा उल्लेख छ । इभिन जेलमा हालैको प्रदर्शनमा संलग्न सयौँ व्यक्तिलाई राखिएको अनुमान छ । एक अधिकारीले स्थिति नियन्त्रणमा रहेको बताएका छन् तर भिडियो फुटेजमा आगो जारी रहेको देखिएको छ।

जेलको अवस्था हालैको प्रदर्शनसँग सम्बन्धित छ कि छैन भन्ने अहिलेसम्म पुष्टि भएको छैन । तर सयौं प्रदर्शनकारीहरू इभिनतर्फ अघि बढिरहेकाले प्रदर्शनकारीको संलग्नताका आधार धेरै रहेको सरकारी अधिकारीको दाबी छ ।

इरान केही सातादेखि सरकार विरोधी प्रदर्शनले आक्रान्त छ।गत महिना २२ वर्षीय कुर्दिश युवती महसा अमिनीको प्रहरी हिरासतमा मृत्यु भएपछि आन्दोलन चर्किएको हो। अधिकारीहरूले उनको हृदयघातका कारण मृत्यु भएको बताएका थिए तर उनको परिवारले प्रहरीले कुटपिट गरेर हत्या गरेको भन्दै विरोध सुरु भएको थियो  ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved