किस्ट अस्पतालले भन्यो- शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य सुधार भएन

नेपालभ्युज

किस्ट अस्पतालले भन्यो- शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य सुधार भएन

काठमाडौं । किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालले शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य अवस्थामा सुधार नभएको जनाएको छ।

शुक्रबार साँझ अस्पतालका निर्देशक प्रा डा सुरज बज्राचार्यले एक विज्ञप्ति जारी गर्दै जोशीलाई औषधिले काम नगरेको जानकारी दिए

बज्राचार्यद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘समग्रमा जोशीज्यूको स्वास्थ्यमा उल्लेखनीय सुधार नभएकोले अवस्था चिन्ताजनक रहेको छ । ’

अस्पतालका अनुसार प्रा डा मिलेशजंग सिजापतिको संयुक्त नेतृत्वमा जोशीको उपचार भइरहेको छ ।

हाल उनको सघन उपचार कक्ष (आईसीयू)मा राखेर उपचार भइरहेको अस्पतालले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved