अब्दुल रसिद इराकको नयाँ राष्ट्रपतिमा निर्वाचित

नेपालभ्युज

अब्दुल रसिद इराकको नयाँ राष्ट्रपतिमा निर्वाचित

इराक। इराकको नयाँ राष्ट्रपतिमा कुर्द राजनीतिज्ञ अब्दुल लातिफ रसिद निर्वाचित भएका छन् । संसदमा दुईपटक मतदान भएको थियो । बिहीबार भएको मतदानपछि उनी इराकको राष्ट्रपतिमा निर्वाचित भएको सभामुखले घोषणा गरेका थिए ।

देशमा नयाँ राष्ट्रपति चयन गरिएसँगै इराकमा रहेको राजनीतिक गतिरोध अन्त्य हुने विश्वास गरिएको छ । नवनिर्वाचित राष्ट्रपति रसिदले वर्तमान राष्ट्रपति बर्हाम सालेहलाई विस्थापित गर्नेछन् ।

मतदानमा सहभागी सांसदमध्ये १६० जनाले रसिदलाई समर्थन गरेका थिए भने ९९ जनाले सालेहलाई मतदान गरेका थिए । नयाँ राष्ट्रपति चयन गर्न इराकको संसद् यसअघि दुईपटक सम्म असफल भएको थियो ।

अहिले ७८ वर्ष उमेर पुगेका रसिद यसअघि सन् २००३ देखि २०१० सम्म जलश्रोतमन्त्री थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved