थबाङका सम्पर्कविहीन कर्मचारी गुल्मीमा

नेपालभ्युज

थबाङका सम्पर्कविहीन कर्मचारी गुल्मीमा
फाइल फोटो ।

काठमाडौं । रोल्पाको थबाङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित सात जना कर्मचारी सम्पर्कमा आएका छन्। तीन दिनदेखि सम्पर्कविहीन रहेका उनीहरूले बिहीबार बिहान गाउँपालिका अध्यक्ष ऋषि केशव बुढामगरलाई फोन गरी आफूहरू गुल्मीको दुर्गम गाउँमा रहेको जानकारी गराएका हुन्।

कार्यालयको भुक्तानीका लागि आवश्यक पर्ने ओटीपी कोड थबाङमा नचलेको भन्दै प्रमुख प्रशासकीय अधिकृतको टोली रुकुम पूर्व गएर काम गर्ने भन्दै हिँडेको थियो । टेलिकमको नेटवर्क नहुँदा उनीहरू परिवार तथा कार्यालयसँग सम्पर्कविहीन भएका थिए।

गाउँपालिकाले बुधबार उनीहरू सम्पर्कमा नआएपछि विज्ञप्ति निकालेर जानकारी भए खबर गरिदिन आग्रह गरेको थियो। गाउँपालिकाद्वारा जारी सूचनामा भनिएको थियो, “प्रमुख प्रशासकीय अधिकृत लगायत आर्थिक प्रशासन प्रमुख, सब-इन्जिनियर, प्रशासन शाखा प्रमुख, खा.पा.स.टे. (खानेपानी तथा सरसफाइ टेक्निसियन) र सवारी चालकसहित ७ जना मिति २०८२ असार २४ गते बिहान ७ बजेदेखि आजको मिति २०८२ असार २५ गतेसम्म कार्यालयको सम्पर्कमा नआएको।”

यद्यपि, उनीहरू गुल्मी किन पुगे भन्नेबारे अध्यक्ष बुढामगरले जानकारी नभएको बताएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved