भोटेकोसी बाढी: १८ जना बेपत्ता, ९ जनाको उद्धार

नेपालभ्युज

भोटेकोसी बाढी: १८ जना बेपत्ता, ९ जनाको उद्धार

काठमाडौं । चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीमा आएको भीषण बाढीमा परी १८ जना बेपत्ता भएका छन्। चीनतर्फको भारी वर्षाका कारण भोटेकोसी खोलामा आएको बाढीमा  बेपत्ता हुनेमा ९ नेपाली नागरिक, ६ चिनियाँ नागरिक र तीन जना प्रहरी रहेका छन् ।

यसबाहेक नदीको बीचमा फसेका ९ जनाको नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले उद्धार गरेको सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीले जानकारी दिए ।

बाढीले पुर्‍याएको क्षतिको पूर्ण विवरण आउन बाँकी छ भने बेपत्ताहरूको खोजी तथा उद्धार कार्य जारी रहेको बताइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved