बीपी राजमार्गको बिजोग उस्तै (तस्वीरहरू)

बीपी राजमार्गको बिजोग उस्तै (तस्वीरहरू)

सिन्धुली । गतवर्ष असोज १२ गते रोशी खोला र यसको सहायक झ्याप्ले, लाप्रे लगायतका खोलामा आएको बाढीले क्षतिग्रस्त बीपी राजमार्गको अवस्था अहिले पनि नाजुक छ ।

राजमार्गअन्तर्गत काभ्रेपलान्चोकको भकुण्डेबेशीदेखि सिन्धुलीको नेपालथोक खण्डमा अहिले पनि अवस्था जिर्ण छ ।

यहाँको करिब १२ किमी सडक पूर्णरुपमा क्षतिग्रस्त छ भने करिब ५ किमी सडकमा आंशिक क्षति छ । अहिले मुख्य राजमार्ग बिग्रेको स्थानमा खोलाकै सतहबाट डाइभर्सन गरि सवारीसाधन सञ्चालनमा ल्याइएको छ । तर, यो डाइभर्सन पानी बढी नपरेसम्म सञ्चालन हुने यहाँको भौगोलिक अवस्था हेर्दा प्रष्ट हुन्छ ।

राजमार्गको सुधार गर्नुभन्दा पनि सरकार रातको समय राजमार्गमा सवारी सञ्चालन गर्न रोक लगाउँदै बसेको छ । बिग्रेको राजमार्ग सुधारतर्फ खासै उपलब्धिमुलक काम भएको देखिँदैन ।

भकुण्डेबेसीदेखि नेपालथोक सम्मको करिब ३० किमी सडक खण्डमा रोशी खोलाले आधा भन्दा बढी राजमार्गमा क्षति पुर्‍याएको छ ।

हेरौं तस्वीर –

 

तस्वीरमा हेर्नुहोस्, तंग्रिँदै गरेको भूमेडाँडा


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved