मण्डला थिएटरमा ‘अकबर र बिरबल’ (तस्वीरहरु)

मण्डला थिएटरमा ‘अकबर र बिरबल’ (तस्वीरहरु)

काठमाडौं। मण्डला थिएटर नेपालले एसईई दिएर बसेका विद्यार्थीहरूलाई लक्षित गरी सञ्चालन गरेको दुईमहिने आधारभूत अभिनय कक्षाका प्रशिक्षार्थीहरूको प्रस्तुति रहेको नाटक ‘अकबर र बिरबल’ को मञ्चन सुरु गरेको छ।

प्रशिक्षार्थीहरूको दोस्रो ब्याचले “ग्रान्ड शो” का रूपमा तयार पारेको यो नाटक असार १६ देखि १८ गतेसम्म तीन दिन हरेक साँझ ५:३० बजे मञ्चन भइरहेको छ।

मुगल सम्राट अकबर र उनका चतुर मन्त्री बिरबलबीचको मित्रता, बौद्धिक द्वन्द्व र चातुर्यपूर्ण संवादमा आधारित यो नाटकले न्याय, तर्कशक्ति र मानवीय मूल्यहरूको महत्त्व दर्शाउँछ। हास्य र बुद्धिमत्ताले भरिएका अकबर र बिरबलका कथाहरू मनोरञ्जनका साथै शिक्षाप्रद पनि छन्।

यस नाटकमा रोलक्स राई, अपेक्षा शेरचन, राजा बाबु कार्की, आशय गौतम, र सुक्रीम रेग्मीले अभिनय गरेका छन्। नाटकको ध्वनि डिजाइन सुदिप खतिवडाले गरेका छन् भने मार्गदर्शक प्रशिक्षकका रूपमा उमेश तामाङ, अनुप न्यौपाने, सुमित्रा पेहिम, र मिलन कार्कीको विशेष भूमिका रहेको छ।

तस्वीरहरु-

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved