टस जितेर भुटानविरुद्ध ब्याटिङ गर्दै नेपाल

नेपालभ्युज

टस जितेर भुटानविरुद्ध ब्याटिङ गर्दै नेपाल

काठमाडौं । मलेसियामा जारी एसीसी मेन्स यू-१६ इस्ट जोन क्रिकेटअन्तर्गत समूह ए अन्तर्गतको खेलमा भुटानविरुद्ध नेपालले पहिले ब्याटिङ रोजेको छ ।

क्वालालम्पुरस्थित सेलांगर टर्फ क्लबमा पौने ८ बजेबाट सुरु हुने खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ रोजेको हो ।

प्रतियोगितामा अहिलेसम्म भएका तीनै खेल जितेको नेपालले सेमिफाइनल खेल्ने पक्का भइसकेको छ ।

पहिलो खेलमा सिंगापुरलाई ६ विकेटले हराएको नेपालले दोस्रो खेलमा जापानलाई ९ विकेटले हरायो । तेस्रो खेलमा ३७० रनको विशाल अन्तरमा इन्डोनेसियालाई हराएको थियो ।

समूह ए मा ३ खेलमा ६ अंक जोडेर नेपाल र ४ खेलबाट ३ जितसहित ६ अंक जोडेर सिंगापुर सेमिफाइनलमा प्रवेश गरिसकेका छन् ।

यू-१६ इस्ट जोन कपमा १० टोली प्रतिस्पर्धामा छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved