छक्का प्रहार लगत्तै ब्याट्सम्यानको हृदयघात भएर मृत्यु

नेपालभ्युज

छक्का प्रहार लगत्तै ब्याट्सम्यानको हृदयघात भएर मृत्यु

काठमाडौं । भारतको पञ्जाबस्थित फिरोजपुरमा क्रिकेट खेल्ने क्रममा एक ब्याट्सम्यानको हृदयघात भएर मृत्यु भएको छ ।

सामाजिक सञ्जालमा सार्वजनिक भिडियोमा एक युवक ब्याटिङ गरिरहेको र छक्का पनि प्रहार गरेको देख्न सकिन्छ । तर, छक्का प्रहार लगत्तै ती युवक भुइँमा थचक्क बसेका थिए ।

सँगै रहेका साथीहरू उनको अवस्था बुझ्नलाई नजिकै पुग्दा उनी भुइँमा पल्टिन्छन् ।

त्यसपछि मैदानमा उपस्थित अन्य साथी खेलाडीहरूले उनलाई कार्डियोपल्मोनरी रिससिटेशन (सीपीआर) दिन्छन् । तर, उनको मृत्यु हुन्छ ।

भारतीय सञ्चारमाध्यमकाअनुसार फिरोजपुरको डीएभी स्कूल मैदानमा क्रिकेट खेल खेलिरहेको बेलामा हरजीत सिंहको मृत्यु भएको हो ।

यसअघि जुन २०२४ मा पनि मुम्बईमा यस्तै घटना भएको थियो । क्रिकेट खेलको क्रममा ४२ वर्षीय एक पुरुषको मृत्यु भएको थियो । मृतकको पहिचान राम गणेश तेवरको रूपमा गरिएको थियो । छक्का प्रहार गरेपछि उनको पनि हृदयघातका कारण मृत्यु भएको खुलेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved