गाजामा इजरायली आक्रमणमा परी ८१ जना मारिए

नेपालभ्युज

गाजामा इजरायली आक्रमणमा परी ८१ जना मारिए
तस्वीर - गेट्टी इमेज

काठमाडौं । इजरायली हवाई आक्रमणमा परी गाजामा कम्तीमा ८१ जनाको मृत्यु भएको छ भने ४०० जना घाइते भएका छन् ।

हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार गाजाको एक रंगशाला नजिकै भएको आक्रमणमा एक बच्चासहित ११ जनाको मृत्यु भएको अल-शिफा अस्पतालका कर्मचारी र प्रत्यक्षदर्शीहरूले बताएका छन् ।

एउटा भिडिओमा मानिसहरूले हात र बेल्चाले बालुवा खनेर शव खोज्ने प्रयास गरिरहेको देखिन्छ ।

यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अर्को हप्ता युद्धविराम सम्झौता हुनसक्ने आशा व्यक्त गरेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved