सक्रिय राजनीतिमा फर्किने विद्या भण्डारीको घोषणा

नेपालभ्युज

सक्रिय राजनीतिमा फर्किने विद्या भण्डारीको घोषणा

काठमाडौं । पूर्वराष्ट्रपति विद्या भण्डारीले सक्रिय राजनीतिमा फर्किने घोषणा गरेकी छिन् । उनले आफूले एमाले पार्टीको सदस्यता नवीकरण गरेको बताएकी छिन् । शनिबार मदन भण्डारी फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा उनले भनिन्, ‘पार्टीको राजनीतिक यात्रालाई निरन्तरता दिने परिवत्र उद्देश्यका साथ मैले पार्टीको सदस्यता नवीकरण गरेकी छु ।’

भण्डारी आगामी महाधिवेशनबाट एमालेको अध्यक्ष बन्ने तयारीक साथ सक्रिय रहेको भन्ने चर्चालाई शनिबार उनले गरेको घोषणाले बल दिएको छ । तर, उनले पार्टीको सदस्यसता नवीकरणमा अन्य कुनै उद्देश्य नभएको पनि बताएकी छिन् । तर, उनले पार्टीकै सदस्यता नवीकरण गरेको बताएकाले उनी अब एमालेमा अध्यक्षमा लागि प्रतिस्पर्धा गर्ने देखिएको छ ।

भण्डारीले पार्टीको सदस्यता नवीकरण गरेको बताए पनि एमालेनिकट स्रोतहरूले भने नवीकरण ‘होल्ड’ मा रहेको बताइरहेका छन् ।

नेपालमा यसरी राष्ट्र प्रमुख भइसकेको व्यक्ति पुनः राजनीतिमा फर्किन लागेको यो पहिलो घटना हो । भण्डारी दुई कार्यकाल राष्ट्रपति भएकी थिइन् । त्यसअघि उनी एमालेको उपाध्यक्ष थिइन् ।

त्यसो त भण्डारीसँगै उपराष्ट्रपति भएका नन्दबहादुर पुन पनि सक्रिय राजनीतिमा फर्किसकेका छन् । उनी नेकपा माओवादी केन्द्रमा सक्रिय भएका छन् । भण्डारीभन्दा पहिलाका राष्ट्रपति रामवरण यादव भने राजनीतिमा सक्रिय भएनन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved