मदन भण्डारी फाउन्डेसनको कार्याक्रममा ओली र भण्डारी एउटै मञ्चमा (तस्वीरहरू)

नेपालभ्युज

मदन भण्डारी फाउन्डेसनको कार्याक्रममा ओली र भण्डारी एउटै मञ्चमा (तस्वीरहरू)

काठमाडौं । नेकपा एमालेका पूर्वमहासचिव मदन भण्डारीको जन्मजयन्तीको अवसर पारेर शनिबार काठमाडौंमा मदन भण्डारी फाउन्डेसनले जनताको बहुदलीय जनवाद (जबज) का ३० वर्ष विषयमा गोष्ठी आयोजना गरेको छ । नेकपा एमालेको मागदर्शक सिद्धान्त रहेको जबज तत्कालीन महासचिव मदन भण्डारीले प्रतिवादन गरेका थिए ।

कार्यक्रममा प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली प्रमुख अतिथि र पूर्वराष्ट्रपति विद्या भण्डारी विशिष्ट अतिथिका रूपमा सहभागी छन् । पछिल्लो समय विद्या भण्डारी एमालेको नेतृत्व लिन सक्रिय भएको चर्चा छ भने ओली फेरि तेस्रो कार्यकालका लागि एमाले अध्यक्ष बन्ने तयारीमा छन् ।

भण्डारीको २०५० जेठ ३ गते सवारी दुर्घटनामा परी मृत्यु भएको थियो ।

फाउन्डेसनले यस वर्षको मदन भण्डारी पुरस्कार पर्यटन व्यवसायी आङ छिरिङ शेर्पालाई प्रदान गरिएको छ ।

तस्वीर : नेपाल फोटो लाइब्रेरी


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved