काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताका लागि काठमान्डु गुर्खाज (गोर्खाज)ले ६ खेलाडीलाई रिटेन गरेको छ ।
टीमले सार्वजनिक गरेको सूचीअनुसार रिटेन हुने खेलाडीमा कप्तान करण केसी, शाहाब आलम, भीम सार्की, राशिद खान, दिपेश कँडेल र प्रतीक श्रेष्ठ छन् । यी खेलाडीले पहिलो संस्करणमा पनि काठमाण्डौं गुर्खाजका लागि उत्कृष्ट प्रदर्शन गरेका थिए ।
यसरी रिटेन गरिएका खेलाडीहरूमध्ये करण नेपाली राष्ट्रिय टोलीका तीव्र गतिका बलर हुन् भने भीम पछिल्लो समय घरेलु क्रिकेटमा उत्कृष्ट प्रदर्शन गरिरहेका युवा खेलाडी हुन् । शाहाब स्पीन बलिङमा पारंगत छन् भने राशिद खान, दिपेश कंडेल र प्रतीक श्रेष्ठले पनि घरेलु प्रतियोगितामा राम्रो प्रभाव छाडेका छन् ।
एनपीएलको दोस्रो संस्करण निकट आएसँगै विभिन्न टिमहरूले तयारी तीव्र बनाएका छन् र खेलाडी छनोटको प्रक्रिया अघि बढाएका छन् ।

Facebook Comment
Comment