एसईईको नतिजा सार्वजनिक, ६१.८१ प्रतिशत विद्यार्थी ग्रेडेड

नेपालभ्युज

एसईईको नतिजा सार्वजनिक, ६१.८१ प्रतिशत विद्यार्थी ग्रेडेड

काठमाडौं । २०८१ मा संचालित माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले ‘लेटर ग्रेडिङ’ प्रणालीअनुसार  शुक्रबार नतिजा सार्वजनिक गरेको हो ।

परीक्षामा सहभागी भएका ४ लाख ३८ हजार ८ सय ९६ जनामध्ये २ लाख ७१ हजार २ सय ९९ ग्रेडेड भएका छन् । भने, बाँकी १ लाख ६७ हजार ५ सय ९७ जना ननग्रेडमा परेका छन् ।

बोर्डका अनुसार ग्रेडेड भएका विद्यार्थीहरू माथिल्लो कक्षामा अध्ययन गर्न पाउनेछन् ।

एईईमा सहभागी १२६ जनाको परीक्षा रद्द गरिएको छ । २०८१ को एसईई परीक्षा ७ चैतदेखि सञ्चालन भएको थियो । ग्रेड वृद्धिका लागि आगामी साउन २९ गते परीक्षा हुनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved