ब्राउन सुगरसहित दुई जना पक्राउ

नेपालभ्युज

ब्राउन सुगरसहित दुई जना पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको गेट नजिकै रहेको होटलबाट सशस्त्र प्रहरीले ४७ ग्राम ९ मिलिग्राम ब्राउनसुगरसहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिरहाको सिरहा नगरपालिका–८ बस्ने ४० वर्षीय मोहम्मद अक्टर मिया र धनुषाको कमला नगरपालिका–८ बस्ने ४२ वर्षीय सामन यादव छन् ।

उनीहरुलाई सशस्त्र प्रहरी बलको इन्टेलिजेन्स ब्यूरोको विशेष सूचना आधारमा सोही ठाउँमा रहेको दर्शन नमस्ते ईन होटलबाट ब्राउन सुगरसहित पक्राउ गरिएको सशस्त्रका सहायक प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।

साथै, उनीहरुको साथबाट ब्राउन सुगर जोख्न प्रयोग हुने एक थान तराजु, मोबाइल ३ थान, पासपोर्ट २ थान, नागरिकता १ थान र नगद १२ हजार १ सय ७५ रुपैयाँसमेत बरामद गरिएको छ ।

उनीहरुले विगत लामो समयदेखि धनुषाको विभिन्न ठाउँहरुबाट लागूऔषध ल्याइ काठमाडौंमा बेचबिखन गर्दै आएको बताइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved