गाजामा इजरायली ड्रोन आक्रमणमा परी १८ जनाको मृत्यु

नेपालभ्युज

गाजामा इजरायली ड्रोन आक्रमणमा परी १८ जनाको मृत्यु
तस्वीर - रोयटर्स

काठमाडौं । इजरायली ड्रोन आक्रमणमा कम्तीमा १८ प्यालेस्टिनीको मृत्यु भएको छ ।

बीबीसीकाअनुसार मध्य गाजाको देइर अल-बलाह क्षेत्रमा हमासको प्रहरी इकाईले बजार नियन्त्रण गर्ने प्रयास गरिरहेको बेला आक्रमण भएको थियो ।

प्रत्यक्षदर्शीहरूका अनुसार ड्रोनले सादा पोशाक र मास्क लगाएका हमास प्रहरी बलका सदस्यहरूलाई लक्षित गरेको थियो । उनीहरू बजारमा पसलेहरूसँग कुरा गरिरहेका थिए ।

उनीहरुमाथि ट्रकबाट लुटिएका सामानहरू बेच्ने र बढी मूल्य लिने आरोप थियो ।

हमास नियन्त्रित गृह मन्त्रालयले आक्रमणको निन्दा गर्दै इजरायलले “सार्वजनिक व्यवस्था कायम राख्ने” प्रहरी युनिटमाथि आक्रमण गरेर अपराध गरेको दाबी गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved