बाल्यकालको प्रेमिल कथा ‘सिकरुमु’ कौसीमा मञ्चन (तस्वीरहरु)

बाल्यकालको निर्दोष सम्बन्ध कसरी समयक्रमसँगै प्रेममा परिणत हुन्छ र त्यसले जीवनमा पार्ने प्रभावलाई नाटकले सूक्ष्म रूपमा केलाएको छ।

नेपालभ्युज

बाल्यकालको प्रेमिल कथा ‘सिकरुमु’ कौसीमा मञ्चन (तस्वीरहरु)

काठमाडौं । टेकुस्थित कौसी थिएटरमा यतिबेला अमेरिकी नाटककार राजीव जोसेफको चर्चित नाटक ‘ग्रुसम प्लेग्राउन्ड इन्जुरीज’ को नेपाली रूपान्तरण ‘सिकरुमु’ मञ्चन भइरहेको छ। बाल्यकालका साथीहरूको प्रेम सम्बन्धलाई निकै रोमाञ्चक ढंगले प्रस्तुत गरिएको यो नाटकले दर्शकको मन जितिरहेको छ।

आकांक्षा कार्कीद्वारा रूपान्तरित तथा निर्देशित ‘सिकरुमु’ असार ६ गतेदेखि प्रदर्शन सुरु भएको हो। नाटकमा निर्देशक कार्कीसहित नूर खनाल, अभिषेक खड्का र सुदाम सीके लगायतका कलाकारहरूको जीवन्त अभिनय देख्न सकिन्छ।

कथा घेराको सातौं वार्षिकोत्सवको अवसरमा मञ्चन गरिएको यो प्रेमिल नाटक असार २८ गते (जुलाई १२) सम्म चल्नेछ। मंगलबारबाहेक हरेक साँझ ५:१५ बजे नाटकको नियमित प्रदर्शन हुनेछ। शनिबार भने दिउँसो १:०० बजे थप शोको व्यवस्था गरिएको छ।

बाल्यकालको निर्दोष सम्बन्ध कसरी समयक्रमसँगै प्रेममा परिणत हुन्छ र त्यसले जीवनमा पार्ने प्रभावलाई नाटकले सूक्ष्म रूपमा केलाएको छ।

तस्वीरहरु-नेपाल फोटो लाइब्रेरी

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved