सिटी र युभेन्ट्स फिफा क्लब विश्वकपको अन्तिम १६ मा

नेपालभ्युज

सिटी र युभेन्ट्स फिफा क्लब विश्वकपको अन्तिम १६ मा

काठमाडौं। इंग्लिस क्लब म्यान्चेस्टर सिटी र इटालियन क्लब युभेन्ट्स फिफा क्लब विश्वकप फुटबलको अन्तिम १६ मा प्रवेश गरेका छन्। समूह ‘जी’ अन्तर्गत सोमबार भएका आ-आफ्नो खेलमा जित निकाल्दै यी दुई टोलीले एक खेल अगावै नकआउट चरणमा स्थान पक्का गरेका हुन्।

बिहान भएको खेलमा म्यान्चेस्टर सिटीले अल अइन एफसीलाई ६-० गोलको फराकिलो अन्तरले हरायो। सिटीको जितमा इल्काए गुन्डोगानले दुई गोल गरे। यस्तै, क्लाउडियो इचिभेरी, एर्लिङ हालान्ड, ओस्कार बब र रायन चेर्कीले एक-एक गोल थपे।

त्यसैगरी, राति भएको खेलमा युभेन्ट्सले वाइडाड एसीलाई ४-१ गोलअन्तरले पराजित गर्‍यो। युभेन्ट्सको जितमा केनान विडिजले दुई गोल गरे भने दुसान भ्लाहोभिकले एक गोल गरे। युभेन्ट्सले एक आत्मघाती गोल उपहार पाएको थियो। वाइडाडका लागि २५औँ मिनेटमा थेबिनकोसी लोर्कले सान्त्वना गोल फर्काए।

यस नतिजासँगै समूह ‘जी’ मा सिटी र युभेन्ट्स दुवैको दुई खेलबाट समान ६ अंक भएको छ। पराजित भएका अल अइन एफसी र वाइडाड एसी भने प्रतियोगिताबाट बाहिरिएका छन्। अब समूह विजेताको टुङ्गो सिटी र युभेन्ट्सबीच हुने अन्तिम खेलले लगाउनेछ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved