काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अर्बपति इलोन मस्कले आफ्नोबारे गरेको टिप्पणीप्रति माफी दिएका छन् ।
ह्वाइट हाउसकी प्रेस सेक्रेटरी क्यारोलिन लेभिटले प्रेस बिफ्रिङ गर्दै भनिन्, “राष्ट्रपतिले आज बिहान इलोनले जारी गरेको टिप्पणीलाई स्वीकार गर्नुभयो र उहाँ यसको कदर गर्नुहुन्छ र हामी अमेरिकी जनताको व्यवसायमा ध्यान केन्द्रित गर्न जारी राखेका छौं ।”
मस्कको सरकारी सम्झौताको समीक्षाको बारेमा सोध्दा लेभिटले त्यस दिशामा अहिलेसम्म कुनै कदम नचालिएको बताइन् । “मलाई थाहा भएसम्म हालसम्म त्यो मोर्चामा कुनै प्रयास गरिएको छैन,” उनले भनिन् ।
सीएनएनकाअनुसार मस्कले यही सोमबार राति ट्रम्पलाई फोन गरेका थिए । साथै, उनले बुधबार ट्रम्पको बारेमा गरेका केही पोस्टमा पछुतो व्यक्त गरेका थिए । “गत हप्ता राष्ट्रपति ट्रम्पको बारेमा मेरा केही पोस्टहरूप्रति मलाई पछुतो छ । त्यो अलि बढी भयो,” मस्कले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा लेखेका थिए ।
ट्रम्प प्रशासनबाट बाहिरिएपछि उनीहरुबीच टकराव सुरु भएको थियो । टकराव गत हप्ता बुधबार तीव्र भयो र बिहीबार दुईबीचको टकराव उल्लेखनीय रूपमा बढ्यो ।
ट्रम्पले संघीय सरकारसँगको आफ्नो ठूलो स्तरको व्यापारिक सम्झौताको बारेमा मस्कलाई धम्की दिएका थिए भने मस्कले ट्रम्पविरुद्ध महाभियोगको माग गरे ।
गत वर्ष अमेरिकी राष्ट्रपति चुनावमा मस्कले डोनाल्ड ट्रम्पलाई खुलेआम समर्थन गरेका थिए । राष्ट्रपति बनेपछि ट्रम्पले मस्कलाई सरकारी दक्षता विभागको प्रमुख नियुक्त गरेका थिए ।
Facebook Comment
Comment