दक्षिण अफ्रिकामा बाढीका कारण ४९ जनाको मृत्यु, बगायो स्कुल बस

नेपालभ्युज

दक्षिण अफ्रिकामा बाढीका कारण ४९ जनाको मृत्यु, बगायो स्कुल बस

काठमाडौं । दक्षिण अफ्रिकाको पूर्वी क्षेत्रमा रहेको केप प्रान्तमा बाढीमा परी मृत्यु हुनेको संख्या ४९ पुगेको छ ।

दक्षिण अफ्रिकाको यस भागमा मुसलधारे वर्षाका कारण बाढी आएको त्यहाँका अधिकारीहरूले बताएका छन् ।

साथै, केपका केही भागमा भारी हिमपात पनि भएको छ ।

मंगलबार बिहान बाढीले एउटा स्कूल बस बगाएको थियो । बसमा धेरै बालबालिका यात्रा गरिरहेका थिए । एक अधिकारीले न्युजरुम अफ्रिका नामक टीभी च्यानललाई बताएअनुसार बस चालकसहित जम्मा आठ जनाको शव निकालिएको छ ।

अन्य अधिकारीहरूले मंगलबार तीनजना विद्यार्थीलाई उद्धार गरिएको बताएका छन् । बसमा कति विद्यार्थी सवार थिए भन्ने अझै स्पष्ट छैन । अन्यलाई खोज्ने कार्य जारी रहेको बीबीसीको समाचारमा उल्लेख छ ।

वर्षा र बाढीका कारण केप प्रान्तका सयौं मानिस विस्थापित भएका छन् र ती अस्थायी आश्रयस्थलहरूमा बसिरहेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved