मस्क भन्छन् – ट्रम्पको बारेमा गरेको केही पोस्ट अलि बढी भयो

नेपालभ्युज

मस्क भन्छन् – ट्रम्पको बारेमा गरेको केही पोस्ट अलि बढी भयो

काठमाडौं । अर्बपति इलोन मस्कले हालै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको बारेमा गरेका केही पोस्टमा पछुतो व्यक्त गरेका छन् ।

“गत हप्ता राष्ट्रपति ट्रम्पको बारेमा मेरा केही पोस्टहरूप्रति मलाई पछुतो छ । त्यो अलि बढी भयो,” मस्कले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा लेखेका छन् ।

ट्रम्प प्रशासनबाट बाहिरिएपछि उनीहरुबीच टकराव सुरु भएको थियो । टकराव गत हप्ता बुधबार तीव्र भयो र बिहीबार दुईबीचको टकराव उल्लेखनीय रूपमा बढ्यो ।

ट्रम्पले संघीय सरकारसँगको आफ्नो ठूलो स्तरको व्यापारिक सम्झौताको बारेमा मस्कलाई धम्की दिएका थिए भने मस्कले ट्रम्पविरुद्ध महाभियोगको माग गरे ।

गत वर्ष अमेरिकी राष्ट्रपति चुनावमा मस्कले डोनाल्ड ट्रम्पलाई खुलेआम समर्थन गरेका थिए । राष्ट्रपति बनेपछि ट्रम्पले मस्कलाई सरकारी दक्षता विभागको प्रमुख नियुक्त गरेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved