प्रतिनिधिसभा बैठक सुरु हुनेबित्तिकै विपक्षीको विरोध, आधा घण्टाका लागि स्थगित

नेपालभ्युज

प्रतिनिधिसभा बैठक सुरु हुनेबित्तिकै विपक्षीको विरोध, आधा घण्टाका लागि स्थगित

काठमाडौं । प्रतिनिधिसभाको बैठक सुरु हुनेबित्तिकै नेकपा माओवादी केन्द्रसहितका प्रतिपक्षी दलले विरोध जनाएका छन् ।

सभामुख देवराज घिमिरेले बैठक प्रारम्भ गर्नेबित्तिकै उनीहरूले उठेर विरोध जनाएका हुन् ।

त्यसपछि घिमिरले बैठक आधा घण्टाका लागि स्थगित गरेका छन् ।

भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकका विषयमा दलहरूबीच सहमति जुट्न नसकेपछि बैठक ढिलागरी सुरु भएको हो ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राखेको विपक्षी दलको बैठकले छानबिन समिति सुनिश्चित नभएसम्म सदन खोल्न नसक्ने निष्कर्ष निकालेको थियो ।

यसैबीच सभामुख घिमिरेले संसद्को गतिरोध अन्त्यका लागि सहमतिको प्रयास जारी राखेको जानकारी दिएका छन् ।

जेठ १३ गतेदेखि प्रतिनिधिसभामा गतिरोध जारी छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved