नेसपा (नयाँ शक्ति) ले १० औं स्थापना दिवस विशेष समारोहका साथ मनाउँदै

नेपालभ्युज

नेसपा (नयाँ शक्ति) ले १० औं स्थापना दिवस विशेष समारोहका साथ मनाउँदै

काठमाडौं । डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) ले आगामी जेठ ३० गते आफ्नो दशौं स्थापना दिवस राष्ट्रियसभा गृहमा विशेष समारोहका साथ मनाउने भएको छ। कार्यक्रमको तयारी तीव्र रूपमा भइरहेको नेसपा (नयाँ शक्ति) ले जनाएको छ ।

स्थापना दिवस समारोहलाई भव्य बनाउन वैकल्पिक राजनीतिक धारको प्रतिनिधित्व गर्ने दलहरूलाई विशेष आमन्त्रण गरिने तयारी भइरहेको छ। यसमा विवेकशील साझा पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीका नेताहरूलाई निमन्त्रणा गरिने जनाइएको छ।

त्यस्तै, नागरिक समाजका अगुवा, बौद्धिक वर्ग र समाजमा योगदान पुर्‍याएका विशिष्ट व्यक्तिहरू पनि कार्यक्रममा सहभागी हुनेछन्। नेसपा (नयाँ शक्ति) ले वैकल्पिक र अग्रगामी राजनीतिको वकालत गर्दै आएको छ। पूर्वप्रधानमन्त्रीसमेत रहेका डा. भट्टराई नेतृत्वको  पार्टीले जनतामा भरोसा जगाउने नयाँ राजनीतिक संस्कृतिको पक्षपोषण गर्दै आएको दाबी गरेको  छ।

पार्टी नेताहरूका अनुसार स्थापना दिवसको अवसरमा विगत १० वर्षको राजनीतिक यात्रा, आगामी दिशा र वैकल्पिक शक्ति निर्माणका सम्भावनाहरू विषयमा गहन छलफल हुनेछ। एक नेताले भने, ‘हामीले यसपटक स्थापना दिवसलाई केवल औपचारिकता नभई विचार र रणनीतिक संवादको थलो बनाउने प्रयास गरेका छौं।’

कार्यक्रममा विविध सांस्कृतिक प्रस्तुति पनि रहने जनाइएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved