गृहमन्त्रीको राजीनामाको मागबाट पछाडि हटे विपक्षीहरू

नेपालभ्युज

गृहमन्त्रीको राजीनामाको मागबाट पछाडि हटे विपक्षीहरू

काठमाडौं । भिजिट भिासा प्रकरणमा सत्तापक्ष र विपक्षी सहमति नजिक पुगेका छन् । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने र उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने भन्दै विपक्षी दलहरूले लगातार संसद् अवरोध गर्दै आएका छन् ।

आइतबार दिनभर भएका छलफलहरूले सहमति नजिक पुगिएको नेकपा एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले जानकारी दिए । उनले संसद् भवन बाहिर पत्रकारहरूसँग कुरा गर्दै आफ्नो पार्टी सुरुदेखि नै गृहमन्त्रीको राजीनामा माग्ने पक्षमा नरहेको उल्लेख गर्दै अहिले अरु विपक्षी पनि त्यहि बिन्दुमा आएको बताए । उनले छानबिन समिति बनाउने विषयमा सत्तापक्ष पनि लचक भएको बताए ।

उनले आज सहमतिमा केही कुरा बाँकी रहेकाले भोलि सहमति हुने र संसद् पनि चल्ने बताए । त्यसअघि रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले पनि केही सकारात्मक छलफल भएको बताए ।

एमालेका प्रमुख सचेतक महेश बर्तौलाले पनि सहमति नजिक पुगेको बताए । उनले भोलिदेखि संसद् अगाडि बढ्ने बताए । उनले भोलि संसद्‌मा गृहमन्त्री लेखकले जवाफ दिने बताएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved