काठमाडौं । ब्राजिलका स्टार फुटबलर नेयमार जुनियरलाई दोस्रोपटक कोरोना भाइरस (कोभिड–१९)बाट संक्रमित भएका छन् । उनको बाल्यकालको क्लब सान्तोस एफसील एक विज्ञप्ति जारी गर्दै नेइमारको संक्रमण पुष्टि गरेको हो ।
आइतबार जारी विज्ञप्तिमा भनिएको छ, ‘नेयमार जुनियरमा बिहीबारदेखि भाइरल लक्षण देखिन थालेपछि प्रयोगशालामा परीक्षण गरिएको थियो । सान्तोसको मेडिकल विभागको परीक्षणपछि उनलाई कोभिड–१९ संक्रमण भएको पुष्टि भएको हो ।’
क्लबका अनुसार नेयमार बिहीबारदेखि नै सबै फुटबल गतिविधिबाट टाढा छन् र अहिले घरमै विश्राम गरिरहेका छन् । उनलाई लक्षणअनुसारको उपचार दिइँदैछ ।
नेयमारलाई दोस्रो पटक कोरोना संक्रमित भएका हुन् । यसअघि मे २०२१ मा फ्रेन्च क्ललब पेरिस सेन्ट जर्मेन (पीएसजी) मा खेल्दै गर्दा उनी संक्रमित भएका थिए । त्यसपछिको चार महिनाको विश्रामपछि उनी प्रशिक्षणमा फर्किएका थिए र आफू ’धेरै खुसी’ भएको बताएका थिए।
हाल ३३ वर्ष पुगेका नेयमारको प्रदर्शनमा पीएसजी छाडेपछि गिरावट आएको छ । यसैकारण साउदी अरेबियाको क्लब अल हिलालबाट उनी आफ्नो पुरानो क्लब सान्तोस फर्कन बाध्य बभए ।
ब्राजिलका लागि ७९ गोल गर्दै उनी सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन् । तर बारम्बारका चोटका कारण उनको अन्तर्राष्ट्रिय करियर छोटिएको छ । उनले अन्तिमपटक अक्टोबर २०२३ मा उरुग्वेविरुद्ध ०–२ को हारमा खेलेका थिए, जहाँ उनी चोटका कारण स्ट्रेचरमा मैदानबाट बाहिरिएका थिए ।
त्यसयता उनी कोपा अमेरिका २०२४ बाट बाहिर रहेका छन् र प्रशिक्षक कार्लो अन्सेलोटीले जारी विश्वकप छनोटअन्तर्गत इक्वेडर र पराग्वे विरुद्धको टोलीमा उनलाई समावेश गरेका छैनन् ।
Facebook Comment
Comment