टेलिकमकी प्रबन्ध निर्देशक संगिता पहाडीलगायतविरुद्ध भ्रष्टाचार मुद्दा

नेपालभ्युज

टेलिकमकी प्रबन्ध निर्देशक संगिता पहाडीलगायतविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगिता पहाडीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले आइतबार विशेष अदालत काठमाडौंमा पहाडी, टेलिमका पूर्वप्रबन्ध निर्देशक सुनिल पौडेललगायत १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको हो ।

यस्तै तत्कालीन प्रमुख प्राविधिक अधिकृत प्रतिभा श्रेष्ठ, तत्कालीन वित्तीय अधिकृत राजेन्द्र श्रेष्ठ, तत्कालीन प्रमुख सञ्चालक अधिकृत भविन्द्रलाल उपाध्याय र अरनिको इन्टरनेसनल प्रालिका निर्देशक शैलेश श्रेष्ठलगायतमाथि पनि भ्रष्टाचार मुद्दा लागेको छ ।

उनीहरूमाथि टेलिकमको नयाँ बिलिङ प्रणाली खरिदमा अनियमितता गरेको आरोप लागेको हो ।

आरोपीहरूमाथि ३३ करोड ४८ लाख १७ हजार ४३० रुपैयाँ ७ पैसा बिगो माग गरिएको  विशेष अदालतका प्रवक्ता यज्ञराज जोशीले बताए ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved