कांग्रेस–एमालेका प्रमुख सचेतकको एकैस्वर : गृहमन्त्रीको राजीनामा र छानबिन दुवैमा सहमत हुन सकिँदैन

नेपालभ्युज

कांग्रेस–एमालेका प्रमुख सचेतकको एकैस्वर : गृहमन्त्रीको राजीनामा र छानबिन दुवैमा सहमत हुन सकिँदैन

काठमाडौं । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको अवरोध हटाउने विषयमा प्रमुख तीन दलका मुख्य सचेतक र प्रमुख सचेतकसँग छलफल गरेका छन् ।

सभामुखले सिंहदरबारमा आइतबार बिहान नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरे, नेकपा एमाले प्रमुख सचेतक महेश बर्तौला र नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेसँग छलफल गरेका हुन् ।

सभामुखले राजनीतिक दलहरूबीच सहमतिका लागि पटक–पटक संसद बैठक स्थगित गरे पनि निकास नदिएको भन्दै असन्तुष्टि जनाएको उनको सचिवालयले जनाएको छ । संसद् अवरोधका कारण बजेटमाथिको छलफल प्रारम्भ हुन नसकेको उल्लेख गर्दै उनले संवैधानिक सीमा र व्यावहारिक पक्षको ख्याल गर्न आग्रह गरे । ।

प्रमुख विपक्षी माओवादी प्रमुख सचेतक पाण्डेले आइतबार नै पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बानेश्वरमा विपक्षी दलको बैठक बोलाएकाले त्यसपछि आफूहरूको धारणा दिने जानकारी दिए ।

सत्तारुढ एमालेका मुख्य सचेतक बर्तौला र कांग्रेस प्रमुख सचेतक घिमिरेले विपक्षी दलको मागअनुसार गृहमन्त्रीको राजीनामा र छानबिन समिति गठन गर्ने मागमा सहमत हुन नसकिने अडान दोहोर्याए ।

प्रतिनिधिसभाको गतिरोध अन्त्यका लागि सभामुख र तीन ठूला दलका प्रमुख सचेतकबीच छलफल

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved