प्रचण्डले विपक्षी दलको बैठक बोलाए

नेपालभ्युज

प्रचण्डले विपक्षी दलको बैठक बोलाए

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विपक्षी दलहरूको बैठक बोलाएका छन् ।

बैठक मध्याह्न १२ बजे संसद् भवन नयाँ वानेश्वरमा बस्ने माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले नेपालभ्युजलाई जानकारी दिए ।

‘सदनबारे छलफल गर्न बैठक बोलाइएको हो । बैठक मध्याह्न १२ बजे संसद् भवन नयाँ वानेश्वरमा  बस्नेछ,’ उनले भने ।

गृहमन्त्री रमेश लेखक भिजिट भिसा प्रकरणमा मुछिएपछि प्रतिनिधिसभाको बैठक बस्न सकिरहेको छैन । जेठ १३ गतेयता बैठक नियमित कार्यसूचीमा प्रवेश गर्न नसकिरहेको हाे ।

भिजिट भिसा प्रकरणबारे विपक्षी दलहरूले  छानबिन समिति गठनको माग गरिरहेका छन् ।

यसै परिपेक्षमा प्रचण्डले विपक्षी दलको बैठक बोलाएर छलफल गर्न लागेका हुन् । बैठकमा राजसंस्था पक्षधर दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई भने बोलाइएको छैन ।

संसद्को अवरोध खुलाउने विषयमा शनिवार सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्डबीच पनि भेटवार्ता भएको थियो ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved