पूर्वाग्रह राखेर भ्रष्टाचारको मुद्दा लगाइयो, अदालतले न्याय दिने विश्वास छ – माधव नेपाल

नेपालभ्युज

पूर्वाग्रह राखेर भ्रष्टाचारको मुद्दा लगाइयो, अदालतले न्याय दिने विश्वास छ – माधव नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अदालतले न्याय दिने विश्वास व्यक्त गरेका छन् । पार्टीको एक कार्यक्रममा बोल्दै उनले पूर्वाग्रह राखेर आफूमाथि भ्रष्टाचार मुद्दा चलाइएको आरोप लगाए ।

काभ्रेस्थित पतञ्जली योगलाई हदबन्दीभन्दा बढीको जग्गा सट्टपट्टा गर्न दिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपालसहित ९३ जनाविरुद्ध मुद्दा दायर गरेको छ ।

नेपालले भने, “हाम्रो पार्टीको भूमिका देखेर केही साथि, व्यक्ति आत्तिएका छन् । पूर्वाग्रह राखेर बसेका छन् । बदलाको भावनाले उनीहरुलाई पोलिरहेको छ । त्यसको उदाहरण भर्खरै सुन्नुभयो ममाथि भ्रष्टाचारको मुद्दा लगाइएको छ ।”

उनले आफूले एक पैसा पनि घुस नलिएको दाबी गरे । “एक पैसा घुस लिएको भए, अनुचित काम गरेको भए, देश-जनतालाई केही नोक्सान हुने काम गरेको भए जिम्मा लिन तयार छु,” नेपालले भने ।

न्यायको जित र अन्यायको हार हुनुपर्ने उनको भनाइ छ । ‘नबिराउनु, नडराउनु’ उल्लेख गर्दै नेपालले भने, “न्यायालयमा विश्वास गर्नुपर्छ । अदालतले न्याय गर्ने विश्वास छ ।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved