नेपालले हङकङसँग बराबरी खेल्यो

नेपालभ्युज

नेपालले हङकङसँग बराबरी खेल्यो

काठमाडौं । अन्तरराष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपालले हङकङसँग बराबरी खेलेको छ । हङकङको राष्ट्रिय रङ्गशालामा बिहीबार भएको खेल गोलरहित बराबरीमा सकिएको हो ।

खेलको दोस्रो हाफको अतिरिक्त समयमा नेपाल १० खेलाडीमा सीमित भएको थियो । नेपालका मणि लामाले दुईवटा पहेँलो कार्ड पाएपछि मैदानबाट बाहिरिएका थिए ।

एएफसी एसियन कप छनोटको खेल खेल्नुअघि नेपाल र हङकङले बिहीबार मैत्रीपूर्ण खेल खेलेका हुन् ।

नेपालले फिफा वरीयतामा आफूभन्दा २२ स्थानमाथि रहेको हङकविरुद्ध उसकै घरेलु मैदानमा गोलरहित बराबरी खेल्नुलाई उपलब्धि मानिएकाे छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved