प्रतिनिधिसभाको गतिरोध अन्त्यका लागि कांग्रेस र रास्वपाबीच कुरा मिलेन

नेपालभ्युज

प्रतिनिधिसभाको गतिरोध अन्त्यका लागि कांग्रेस र रास्वपाबीच कुरा मिलेन

काठमाडौं । प्रतिनिधिसभाको गतिरोध अन्त्यका लागि सत्तारुढ दल नेपाली कांग्रेस र प्रतिपक्षी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बीच भएको छलफल बिनानिष्कर्षमा टुंगिएको छ ।

गृहमन्त्री रमेश लेखक मुछिएको भिजिट भिसा प्रकरणमा दुई दलबीच कुरा नमिलेपछि बैठक विनानिष्कर्ष टुंगिएको हो ।

दुवै दलले आ–आफ्नो अडान नछोडेपछि छलफल विनानिष्कर्ष टुंगिएको रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले नेपालभ्युजलाई जानकारी दिए ।

‘उहाँहरूले आफ्नो अडान छोड्नु भएन, हामीले पनि अडान कायमै राख्यौं,’ उनले भने ।

रास्वपाले गृहमन्त्री लेखकले राजीनामा दिनुपर्ने अडान कायम राखेको र यसका कांग्रेस सहमत नभएको उनले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved