नेकपा एसले भन्यो– राजनीतिक पूर्वाग्रहमा माधव नेपालमाथि मुद्दा दर्ता गरियो

नेपालभ्युज

नेकपा एसले भन्यो– राजनीतिक पूर्वाग्रहमा माधव नेपालमाथि मुद्दा दर्ता गरियो
फाइल तस्वीर

काठमाडौं । नेकपा एकीकृत समाजवादी (एस) का वरिष्ठ नेता बेदुराम भुसालले अध्यक्ष माधवकुमार नेपालविरुद्ध राजनीतिक पूवाग्रहका आधारमा मुद्दा दायर भएको प्रतिक्रिया दिएका छन् ।

बिहीबार पार्टी कार्यालय आलोकनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै भुसालले अध्यक्ष नेपालमाथि राजनीतिक पूर्वाग्रहका आधारमा भ्रष्टाचार मुद्दा चलाइएको भन्दै यसको राजनीतिक रूपले प्रतिवाद गर्ने बताए । त्यस्तै उनले अदालतमा नै मुद्दा दर्ता भएकाले कानुनी लडाइँ पनि लड्ने उल्लेख गरे । माधव नेपालमाथि पहिलेदेखि नै राजनीतिक आक्रमण भइरहेको र अहिले त्यसैको निरन्तरता भएको उनको दाबी छ ।.

बिहीबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अध्यक्ष नेपालविरुद्ध पतञ्जली जग्गा प्रकरणमा १८ करोड ५८ लाख रुपैयाँ विगो दाबी गरी मुद्दा दायर गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved