खुमलटारमा माओवादी केन्द्रको पदाधिकारी बैठक जारी

नेपालभ्युज

खुमलटारमा माओवादी केन्द्रको पदाधिकारी बैठक जारी
फाइल फोटो

काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक जारी छ । अध्यक्ष प्रचण्डको निवास खुमलटारमा केहीबेर अघि बैठक सुरु भएको बताइएको छ ।

प्रचण्डका मुख्य स्वकीय सचिव गोविन्द आचार्यका अनुसार बैठकमा संसद्को काम कारबाही, टीआरसी र अग्नि सापकोटाविरुद्ध सर्वोच्चको आदेश लगायतका विषयमा छलफल हुनेछ ।

बुधबार सर्वोच्चको संवैधानिक इजलासले द्वन्द्वकालीन घटनामा सापकोटाविरुद्ध परेका उजुरीमा अनुसन्धान अघि बढाउन आदेश दिएको थियो । सापकोटा विरुद्धको अनुसन्धान अघि नबढाउन निर्देशन दिने तत्कालीन सरकारको निर्णयलाई समेत सर्वोच्चले बदर गर्दे यस्तो आदेश दिएको हो ।
नेकपा माओवादी केन्द्रका नेताहरुले सर्वोच्चको उक्त आदेशले शान्ति प्रक्रिया टुंगोमा पुर्‍याउन मद्दत नगर्ने टिप्पणी गरिरहेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved