दलहरूबीच जुटेन सहमति, संसद् बैठक भोलिसम्मका लागि स्थगित

नेपालभ्युज

दलहरूबीच जुटेन सहमति, संसद् बैठक भोलिसम्मका लागि स्थगित

काठमाडौं । दलहरुबीच सहमति जुट्न नसक्दा प्रतिनिधिसभा बैठक भोलिसम्मका लागि स्थगित भएको छ ।

सभामुख र दलका प्रमुख सचेतकहरूबीच दुई पटक छलफल हुँदा पनि सहमति नजुटेपछि बुधबार बिहान ११ बजेसम्मका लागि बैठक स्थगित भएको हो ।

प्रमुख विपक्षी नेकपा माओवादी केन्द्र र अन्य विपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरी अवरोध गरेपछि बैठक आधा घण्टाका लागि स्थगित भएको थियो । तर, दलहरुबीच सहमति नहुँदा साढे दुई बजेसम्मका लागि बैठक सारिएको थियो ।

त्यसपछि बसेको सभामुख र दलका प्रमुख सचेतकको छलफलमा पनि सहमति नजुटेको हो ।

विपक्षी दलले गृहमन्त्रीले राजीनामा नदिएसम्म बैठक चल्न नदिने बताइसकेका छन् । रास्वपाले उच्चस्तरीय छानबिन समिति बनाएर नै उक्त प्रकरणको छानबिन गर्न माग गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved