माओवादी केन्द्रले भन्यो – गृहमन्त्रीले राजीनामा दिनुपर्छ, नभए संसद् चल्दैन

नेपालभ्युज

माओवादी केन्द्रले भन्यो – गृहमन्त्रीले राजीनामा दिनुपर्छ, नभए संसद् चल्दैन

काठमाडौं । विपक्षी दलले गृहमन्त्री रमेश लेखकको राजीनामा मागेका छन् ।

संसद् बैठक सुरु हुने बित्तिकै बोलेका माओवादी केन्द्रका सांसद वर्षमान पुनले गृहमन्त्रीको राजीनामा मागेका हुन् । त्रिभुवन विमानस्थलमा भएको भिजिट भिसा प्रकरणमा राजनीतिक नेतृत्वको सहयोगविना सम्भव नरहेको उनले बताए ।

उनले भने, “विभिन्न बैठकमा उहाँ (लेखक) धेरै नैतिकताको कुरा उठाउनुहुन्छ । विभिन्न सुरक्षा, अनुसन्धान निकाय उहाँको मातहतमा छ । त्यसैले राजीनामा दिएर मार्ग प्रशस्त गर्दिनुस् । अहिले नै उहाँ दोषी भन्दैनौँ । नभए संसद् चल्दैन ।”

उनले ठूलो माछा को हो भन्दै प्रश्नसमेत गरे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved