काठमाडौं । नेपाली काङ्ग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री केपी शर्मा ओलीबाट कल्पना नै नगरेको अभिव्यक्ति आएको बताएका छन् ।
नागरिकलाई उत्तेजक बनाउने अभिव्यक्ति प्रधानमन्त्रीले दिन नहुने उनले बताए ।
ओलीले आइतबार नेकपा एमाले बागमती प्रदेश कमिटीद्वारा आयोजित वडाध्यक्षहरुको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै जेठ १५ गते काठमाडौंलाई एमालेको नियन्त्रणमा राख्न दिर्नेशन दिएका थिए । व्यवस्थाविरोधी आन्दोलनलाई लक्षित गर्दै उनले भनेका थिए, “१५ गते काठमाडौं एमालेको नियन्त्रणमा हुनुपर्छ । त्यसका लागि तयार रहनू ।”
उक्त भनाइप्रति लक्षित गर्दै पार्टीको पदाधिकारी बैठकपछि थापाले भने, “हामीले त कसैलाई उत्तेजनामा ल्याउने काम गर्न पाइँदैन भने सम्माननीय प्रधानमन्त्रीले त्यस्तो भन्नुहुन्छ भन्नेकुरा कल्पना पनि गरिँदैन । त्यसैले यो जे जस्ता कुराहरु बाहिर सुनियो । आइन्दा त्यस्ता कुराहरु नदोहोरियोस् ।”
Facebook Comment
Comment